२७ पटक सगरमाथा चढेर किर्तिमान बनाउने कामिरिता शेर्पा | ईमाउण्टेन समाचार

Our Network

असोज ३ २०८१, बिहीबार

२७ पटक सगरमाथा चढेर किर्तिमान बनाउने कामिरिता शेर्पा

काठमाडौं, ३ जेठ । आफैले बनाएको किर्तिमान एकपछि अर्को तोड्दै कामिरिता शेर्पाले विश्व किर्तिमान बनाइरहेका छन् । उनले २७ पटक सगरमाथा चढे ३ जेठ २०८० मा । यो वर्ष मौसमले निकै चुनौती दियो सगरमाथा आरोहीलाई । जसका कारण कामिरिताका अलावा सयौं आरोही बेस क्याम्पमा अनुकूल मौसम कुरेर बसे । मौसम खुल्यो र ३१ जेठबाट सगरमाथा आरोहरण सुरु भयो ।

यो वर्षको पहिलो आरोही टोली ६ जनाको बन्यो जसमा पासाङ दावा शेर्पा पनि थिए । उनले २६ पटक सगरमाथा चढेर कामिरिताको बराबरी बनाए । सगरमाथा मै रहेका कामिरिताले तीन दिनमै किर्तिमान तोडिहाले ।

सन् २०४९ सालबाट हिमाल चढ्न थालेका हुन् कामिरिता । २०२६ मा सोलुखुम्बुको थामेमा जन्मिएका उनी हिमालको हिउँसँगै हुर्किए । हिउँ पग्लिएको शितल पानी पिएर बढे । युवास्थामै हिमाल चढ्न थाले । उनले पाकिस्तानमा रहेको के टूका अलावा नेपालका चोयू, ल्होत्से, मकालुलगायत हिमाल पनि आरोहरण गरिसकेका छन् ।

कामिरिताले सन् २००९, २०१०, २०१३ र २०१९ मा एकै याममा दुईपटक सगरमाथा आरोहरण गरेको किर्तिमान समेत बनाएका छन् । उनका नाममा एकपछि अर्को किर्तिमान बनिरहेका छन् । कामिरितासँग हिमाल चढ्ने उमेर अझै बाँकी छ । उनले सगरमाथा आरोहरणमा आफ्नै किर्तिमान तोड्ने अवसर अझै राखेका छन् । उनले देशको शीर उच्च राखेका छन् ।

यो वर्ष नेपालमा वसन्तु ऋतुको११७६ जनाले हिमाल आरोहरण गर्ने अनुमति पाएका छन् । पर्यटन विभागका अनुसार सगरमाथा चढ्न ४७८ पर्वतारोहीले अनुमति पाएका छन् । देशले हिमाल आरोहणबाट साँढे ७६ करोड नेपाली रुपैयाँ रोयल्टी जम्मा गरिसकेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);