सरकार अनावश्यक खर्च कटौतिमा निर्मम हुनुपर्छः ज्ञानेन्द्र शाही | ईमाउण्टेन समाचार

Our Network

जेठ ८ २०८१, मंगलबार

सरकार अनावश्यक खर्च कटौतिमा निर्मम हुनुपर्छः ज्ञानेन्द्र शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सरकारले खर्च कटौतिमा निर्मम हुनुपर्ने बताउनुभएको छ ।

मंगलवार प्रतिनिधि सभा अन्तरगतको अर्थ समितिको पहिलो बैठकमा बोल्दै प्रमुख सचेतक शाहीले यस्तो बताउनुभएको हो । उहाँले अर्थतन्त्रका वर्तमान सूचाङ्कहरु हेर्दा भोलिको भविष्य राम्रो नभएको बताउनु भयो। उहाँले नयाँ सरकार बनेपछिको मुलुकको आर्थिक वृद्धिदर घट्दै गएको र वर्तमान अवस्थामा २ खर्ब बढी आम्दानी भन्दा बढी खर्च रहेको बताउनु भयो।

उहाँले समितिले सरकारले गर्ने खर्च कटौतिका विषयमा समितिलाई जानकारी दिनको लागि अर्थमन्त्रीलाई तत्काल बोलाउन माग गर्नुभयो।

उहाँले सरकारसँग सांसदहरुले खर्च कटौतिका विषयमा जानकारी मागे पनि अहिलेसम्म नदिएको बताउनु भयो । उहाँले अर्थतन्त्रका दृष्टिकोणले मुलुक संवेदनशिल अवस्थामा रहेको बताउनु भयो।

 

पछिल्लो समाचार

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);