काठमाडौं, १ जेठ । नेपाल–बंगलादेश ऊर्जा बैठक सुरु हुँदैछ । बंगलादेशमा आज सुरु हुने बैठकमा आगामी वर्षायाममा विद्युत व्यापार सुरु गर्न आवश्यक वातावरण तयार गर्न छलफल हुने बुझिएको छ ।
बैठकको पहिलो दिन आज संयुक्त कार्य समुहको बैठक बस्नेछ भने दोस्रो दिन भोलि दुई देशिय ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठक बस्दैछ ।
बैठकमा नेपालबाट ऊर्जा मन्त्रालयका सचिव दिनेश घिमिरेले नेतृत्व गर्दैछन् भने बंगलादेशको तर्फबाट त्यहाँका ऊर्जा सचिव हाबिबुर रहमानले गर्नेछन् ।