काठमाडौं, ३१ वैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा छानविनका लागि प्रहरी हिरासतमा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणले यो घटनामा आफू संलग्न नरहेको दाबी गरेका छन् । म्याद थपका लागि आज आइतवार अदालतमा लगिएका उनले सञ्चारकर्मीलाई आफू संलग्न नरहेको दाबी गरेका हुन् ।
बालकृष्ण खाँणले भने, ‘म संलग्न छैन ।’ मास्क लगाएर प्रहरीको घेराबीच खाँण बोलेका हुन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा खाँणलाई गत हप्ता प्रहरीले पक्राउ गरी हिरासतमा राखेको थियो । उनलाई छानविनका लागि प्रहरीले थप ४ दिन राख्ने अनुमति पनि अदालतबाट लिएको छ ।