२ दिनपछि रिहा भएका इमरान खानलाई आज उच्च अदालतमा उपस्थित गराइदै | ईमाउण्टेन समाचार

Our Network

फागुन २९ २०८१, बिहीबार

२ दिनपछि रिहा भएका इमरान खानलाई आज उच्च अदालतमा उपस्थित गराइदै

imran khan latest news

एजेन्सी, २९ वैशाख । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई पक्राउ परेको दुई दिनपछि सर्वोच्च अदालतले रिहा गरेको छ ।

अदालतले खानको गिरफ्तारीलाई गैरकानूनी भनेको छ । प्रधानन्यायाधीशले भने,‘हामी तपाईंलाई रिहा गर्न आदेश दिइरहेका छौँ । तर पक्राउपछि देशमा भएको हिंसाको निन्दा गर्नुपर्छ ।’

रिहाइपछि इमरानले भने,‘मलाई अपराधी जस्तै व्यवहार गरियो । मलाई आतंककारी हुँ जस्तो गरी गिरफ्तार गरियो।’ उनी आज इस्लामावाद उच्च अदालतमा उपस्थित हुनेछन्।

यसै क्रममा पाकिस्तानका गृहमन्त्री राणा सनाउल्लाह खानले भने, ‘हामी इमरानलाई फेरि पक्राउ गर्नेछौं । उनले आज (मे १२) उच्च अदालतबाट जमानत पाए भने हामी धरौटी खारेज भएर फेरि पक्राउ गर्न पर्खने छौं ।’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);