भ्रष्टाचारको बिरुद्धमा बोल्नेहरुको मुख थुन्ने काम भइरहेको ओलीको आरोप | ईमाउण्टेन समाचार

Our Network

असार २२ २०८१, शुक्रबार

भ्रष्टाचारको बिरुद्धमा बोल्नेहरुको मुख थुन्ने काम भइरहेको ओलीको आरोप

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचारको बिरुद्धमा बोल्नेहरुको मुख थुन्ने काम भइरहेको आरोप लगाउनुभएको छ ।

उहाँले संसदमा केही दिन अघि मात्रै स्वतन्त्र सांसद अमरेशकुमार सिंह बोल्न लाग्दा मुख थुन्ने काम भएको र त्यही दिन अख्तियारमा उजुरी पर्नु शंकको विषय रहेको बताउनु भयो । उहाँले भ्रष्टाचारको बिरुद्धमा बोल्ने विपक्षीहरुलाई धम्की दिने काम भइरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘ताजुव त के छ भने अमरेशकुमार सिंहले संसदमा सरकारको बिरुद्धमा बोल्नुभयो, सरकारको बिरुद्धमा बोल्दा धम्की मात्रै गएन अख्तियारमा उजुरी गयो, अमरेशकुमारलाई कारबाही गर्नुपर्छ भनेर । किन अस्तिकै दिन उजुरी किन गयो ? अहिले पनि विपक्षीहरुको मुख थुन्ने, भ्रष्टाचारको बिरुद्धमा कोही बोले मुख थुन्ने काम भयो, यो धम्की हो, मुख थुन्ने प्रयास हो ।’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);