एजेन्सी, २८ वैशाख । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान अल कादिर ट्रस्ट घोटालामा पक्राउ परेपछि पाकिस्तानमा हिंसा बढ्दै गएको छ । सिन्ध प्रान्तबाहेक पञ्जाब, खैबर पख्तुनख्वा र बलुचिस्तानमा सेना तैनाथ गरिएको छ।
यसैबीच, पीटीआई नेता फवाद चौधरीलाई राति र शाह महमूद कुरेशीलाई बिहीबार बिहान हिंसा भड्काएको आरोपमा पक्राउ गरिएको थियो। प्रहरीले हालसम्म इमरानको पार्टीका करिब १९ सय नेता तथा कार्यकर्तालाई हिरासतमा लिएको छ ।
यसैबीच मे ९ मा इमरानको गिरफ्तारीपछि भएको हिंसामा अहिलेसम्म आठ जनाको मृत्यु भइसकेको छ । योसँगै २९० जना घाइते भएका छन् । बुधबार इमरान खानलाई ८ दिनको लागि नेशनल एकाउन्टेबिलिटी ब्यूरो (एनएबी) को हिरासतमा पठाइएको थियो। सेनाले हिंसामा पहिलो आधिकारिक प्रतिक्रिया दियो। उनले भने, ’मे ९ को दिनलाई पाकिस्तानको इतिहासमा कालो अध्यायको रूपमा लिइनेछ।