गृहमन्त्री श्रेष्ठद्वारा योग विज्ञान शिविर अवलोकन | ईमाउण्टेन समाचार

Our Network

साउन २० २०८३, बिहीबार

गृहमन्त्री श्रेष्ठद्वारा योग विज्ञान शिविर अवलोकन

काठमाडौं, २८ वैशाख । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकस्थित एपीएफ रंगशालामा बैशाख २८ गते पतन्जलि योग पीठ नेपालको तत्वाधानमा आयोजित योग विज्ञान शिविरमा सहभागी भएका छन् ।

गृहमन्त्री श्रेष्ठले योगले ध्यानलाई समेत आत्मसाथ गर्ने हुदाँ योग र ध्यानलाई एक दुई दिन गर्ने अभ्यासका रुपमा मात्र नलिई जीवनपद्धती तथा जीवन संस्कृतिको रुपमा आत्मसाथ गर्न सकियो भने सिंगो मानव समाजलाई सकारात्मक रुपमा रुपान्तरण गरी आ–आफ्नो कार्यक्षेत्रको कार्य सम्पादनमा राम्रो प्रभाव तथा परिणाम ल्याउन र मानव स्वास्थ्यमा सकारात्मक योगदान पु¥याउने बताए ।

उनले योग आफैमा परम्परागत चिकित्सा पद्धती र जीवनशैली भएको हँुदा बैज्ञानिक र व्यवहारीक रहेको जसले आत्म अनुशासन कायम गर्दै सकारात्मक उर्जाका साथ स्वस्थ जीवन जीउन प्रेरित गर्ने समेत बताए । श्रेष्ठले गृृह मन्त्रालय अन्तर्गत गृह प्रशासन तथा सुरक्षा निकायहरुमा योग र ध्यानलाई नियमित गर्ने गरी योग शिविरहरु संचालन गर्नुका साथै यसलाइ नियमित प्रशिक्षण तथा अभ्यासका रुपमा अगाडी बढाईने समेत बताए ।

कार्यक्रममा गृहसचिव दिनेश भट्टराई, प्रहरी महानिरीक्षक बसन्त कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, अवकास प्राप्त सशस्त्र प्रहरी महानिरीक्षकहरु, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल, चन्द्र प्रकाश गौतम र वंशिराज दाहाल, सशस्त्र प्रहरी बल नेपाल पूर्व संघका पदाधिकारीहरु, सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारीहरु, सशस्त्र प्रहरी बलका अधिकृत लगायत बिल्लादार जवानहरु समेत योग अभ्यासमा सहभागि भएका थिए ।

 

 

Leave a Reply

ताजा समाचार