खाँण पक्राउ परेपछि यसकारण देउवा चिन्तित | ईमाउण्टेन समाचार

Our Network

असार २२ २०८१, शुक्रबार

खाँण पक्राउ परेपछि यसकारण देउवा चिन्तित

काठमाडौं, २८ वैशाख । पूर्वगृहमन्त्री बालकृष्ण खाँण बुधबार पक्राउ परेपछि नेपाली कांग्रेसभित्र तरगं उत्पन्न भएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा खाँण पक्राउ परेका हुन् । खाँण समातिएपछि त्यसको लहरो सभापति शेरबहादुर देउवाको पत्नी आरजु देउवासम्म आइपुग्ने देखिएको छ । आफ्नो श्रीमती आरजुको पनि नाम मुछिएकाले देउवा चिन्तित रहेको निकट स्रोतले जनाएको छ । कांग्रेस भित्रको एउटा पक्षले गृहमन्त्री नारायण काजी श्रेष्ठको यो कदमलाई खुलेरै प्रंसशा गरिररहेको छ । र नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिन को सुरुवात कांग्रेसबाटै हुनुपर्ने माग गरिरहेका छन् ।

खाँण पक्राउ परेको खबर देउवाले बुधबार बिहान ९ बजे नै जानकारी पाएका थिए । खाँण पक्रिएको सूचना भन्दा पनि उनलाई आरजुको बढी चिन्ता रहेको देखिन्छ । गत मंसिरमा सम्पन्न निर्वाचनमा खाँण गृहमन्त्रीको हैसियतमा हुँदा पनि चुनाव हारेका थिए । चुनाव हारेपछि उनी देउवासँग रिसाएका थिए । आरजुसँग सम्बन्ध बिग्रिसकेको थियो । खाँण श्रीमती मन्जुसँग पनि आरजुको त्यसअघि नै आर्थिक लेनदेनमा सम्बन्ध बिग्रदै गएको स्रोतले जनाएको छ । आरजु र मन्जुसँग जोडिएको अप्रमाणित अडियो सार्वजनिक भएको छ । जसमा उनीहरु दुवैलाई रकम छट्टुाउनुपर्ने कुरा गरिएको छ । भुटानी शरणार्थी प्रकरणमा गिरोहका सदस्यले आरजुलाई साढे २ करोड र खाँणकी श्रीमती मञ्जुलाई ६ करोड रुपैयाँ बुझाएको अप्रमाणित अडियो बाहिरिएपछि यी दुई परिवारबीच दरार आउनुमा आर्थिक लेनदेन नै मुख्य कारण रहेको सामान्य रुपमा बझ्न सकिन्छ । आरजु र मन्जु दुवै समानुपातिक सांसद हुन । आरजुले आफुविरुद्ध सार्वजनिक भएको अडियोबारे आफु नजोडिएको भन्दै छानबिन गर्न माग गर्दै साइबर ब्युरोमा निवेदन समेत दिएकी छिन् ।

खाँण पक्राउ परेसँगै देउवाले बुधबार पदाधिकारी बैठक बोलाएका थिए । बैठकमा केन्द्रीय सदस्य खाँणलाई निलम्बित गर्ने वा नगर्ने भन्ने बारे विवाद ठुलै भएपनि निर्णय भने लिन सकेन । आज फेरी पदाधिकारी बैठक बोलाइएको छ ।

बुधबारको बैठकमा महामन्त्री द्धय गगन थापा र विश्वप्रकाश शर्मासहित केही नेताहरुले अनुसन्धानलाई सघाउन निलम्बन गर्नुपर्ने अडान लिएका थिए । यद्यपी, प्रवक्ता प्रकाशशरण महतले भने निलम्बनको कुरा बैठकमा नउठेको भन्दै बचाउ गरे । खाँणको बलियो साथकै कारण देउवा १४औं महाधिवेशनमा सभापति बन्न सहज भएको थियो । पार्टीभित्र खाँणको बलियो पकड रहेको एक नेता बताउँछन् ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);