काठमाडौं, २८ वैशाख । दोस्रो जनआन्दोलनको ‘जिउँदो सहिद’को पहिचान बनाएका मुकेश कायस्थको ३२ वर्षको उमेरमा निधन भएको छ ।
उपचारका क्रममा बुधबार राति ८ बजे उनको निधन भएको मुकेश फाउन्डेसनले जनाएको छ ।
मुकेश लामो समयदेखि बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचाररत थिए । मुकेश १७ वर्षदेखि ‘जिउँदो सहिद’का रूपमा रहेका चिनिएका थिए ।
मुकेशलाई २०६२ चैत २७ गतेको आन्दोलनको क्रममा कञ्चटमा गोली लागेको थियो ।