काठमाडौं, २८ वैशाख । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बोलाइएको छ । पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेसँगै सभापति शेरबहादुर देउवाले बुधबार आकस्मिक पदाधिकारी बैठक बोलाएका थिए ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा नेता तथा पूर्वगृहमन्त्री खाँण आफ्नै निवासबाट पक्राउ परेका हुन् । बैठकमा शरणार्थी प्रकरण र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ ।
खाँणलाई पार्टीले निलम्बन गर्न सक्ने अनुमान गरिएको छ । बुधबार बसेको बैठकले प्रहरी अनुसन्धान जारी रहेको र सो अनुसन्धान परिपक्क नभएको जनाउँदै कुनै पनि निर्णय नलिएको हो ।