पाथिभरा माताले सबैको रक्षा गरुन, हेर्नुहोस आजको राशिफल | ईमाउण्टेन समाचार

Our Network

जेठ २९ २०८३, शनिबार

पाथिभरा माताले सबैको रक्षा गरुन, हेर्नुहोस आजको राशिफल

काठमाडौं, २८ वैशाख । आज ११ मे २०२३ बिहीबार । राशिफलका अनुसार आज जसको आज मान–सम्मानमा वृद्धि हुनेछ । साथै, केही राशिका व्यक्तिहरूले सावधानी अपनाउनु पर्ने देखिन्छ। षष्ठी तिथी आज वैशाख ११ गते बिहीबार दिउँसो ३.१७ बजे समापन हुँदैछ र यसै बेलाबाट जयेश महिनाको सप्तमी तिथी प्रारम्भ हुनेछ ।

मेष राशि
आजको दिन तपाईको लागि राम्रो रहनेछ। मान सम्मानमा बृद्धि हुनुका साथै परिवारको सहयोग प्राप्त हुनेछ । व्यापारमा कुनै नयाँ काम सुरु गर्न सकिनेछ । आज तपाईलाई कुनै ठूलो कामको लागि प्रस्ताव प्राप्त हुन सक्छ। आर्थिक अवस्था बलियो रहनेछ, स्वास्थ्यमा ध्यान दिनुहोला ।

वृष राशि
आज तपाईको रोकिएको काम पूरा हुने दिन छ। कसैलाई विशेष भेट्नुपर्छ। व्यापारमा लाभ हुनेछ । यात्रामा जाने अवसर मिल्नेछ । पारिवारिक मतभेद समाप्त हुन सक्छ। व्यर्थ बहसबाट टाढा रहनुहोस्। सवारी साधन आदि चलाउँदा सावधानी अपनाउनुहोला ।

मिथुन राशि
यस दिन तपाईं कुनै व्यर्थ बहसमा फस्न सक्नुहुन्छ। तपाईको परिवारको सदस्यको स्वास्थ्यको कारणले तपाईलाई तनाव हुन सक्छ। यात्रा आदिमा सावधानी अपनाउनुहोला । पारिवारिक मतभेदले मन अशान्त रहनेछ। व्यापारमा घाटा हुनसक्छ । सवारी साधन दुर्घटना हुन सक्छ।

कर्कट राशि

आज कुनै नयाँ कामको थालनी नगर्नुहोस्। व्यापार आदिमा ठूलो जोखिम नलिनुहोस्। बोलीमा संयम राख्नु होला । आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोला। पुराना विशेष व्यक्तिसँग भेटघाट हुनेछ। परिवारका सदस्यबाट धोका हुन सक्छ। कुनै पनि ठूलो लेनदेन साझेदारी सोच पछि गर्नुहोस्।

सिंह राशि
आजको दिन शुभ रहनेछ। अदालतको काममा विजय प्राप्त हुनेछ। समाजमा मान सम्मान बढ्नेछ । परिवारमा शुभ कार्यक्रम हुनेछ । विशेष व्यक्तिसँग भेटघाटले पुरानो विवादको अन्त्य हुनेछ। व्यापार–व्यवसायमा आर्थिक लाभ मिल्नेछ ।

कन्या राशि
आज तपाईले नयाँ कामको योजना बनाउन सक्नुहुन्छ, जसमा तपाईलाई परिवार र साथीहरूको सहयोग मिल्नेछ। चिनजानको माध्यमबाट व्यापारमा ठूलो काम पाउन सकिनेछ । पत्नीको स्वास्थ्यमा चिन्ता रहनेछ। धार्मिक यात्रा आदिमा जान सकिनेछ ।

तुला राशि
आज लामो यात्रामा नजानु होला । वाहन सावधानीपूर्वक चलाउनुहोस् र बोलीमा संयम राख्नुहोस्। परिवारमा कुनै व्यक्तिको स्वास्थ्य बिग्रन सक्छ। श्रीमतीसँग मनमुटाव हुनसक्छ । पुरानो विवादमा फस्न सकिनेछ । अदालतमा हानि हुन सक्छ।

वृश्चिक राशि
आज तपाईंले लामो समयदेखि चलिरहेको अस्वस्थतामा केही राहत महसुस गर्नुहुनेछ। आज कुनै ठुलो कामको सुरुवात नगर्नु होला । विपक्षीहरूबाट सावधान रहनुहोस्। व्यापारमा नजिकको व्यक्तिबाट घाटा हुनेछ । नजिकको व्यक्तिको दुखद खबर प्राप्त हुनेछ।

धनु राशि
आज तपाईको मन स्थिर रहनेछ। व्यापार–व्यवसायमा लाभ हुनेछ । मन अध्यात्मतर्फ आकर्षित हुनेछ। धार्मिक यात्रामा जान सकिनेछ । वादविवादमा विजय प्राप्त हुनेछ । नजिकको व्यक्तिको स्वास्थ्यको बारेमा चिन्तित हुनुहुनेछ।

मकर राशि
आज सवारी चलाउँदा सावधानी अपनाउनुहोला साथै कुनै नयाँ कामको थालनी नगर्नुहोस्। श्रीमतीसँगको मनमुटाव अन्त्य हुनेछैन । परिवारमा सद्भाव कायम गर्ने प्रयास गर्नु राम्रो हुनेछ। व्यापारमा नयाँ साझेदारीको बारेमा सावधानीपूर्वक सोच्नुहोस्।

कुम्भ राशि
आजको दिन तपाईको उतारचढाव रहनेछ। स्वास्थ्य चिन्ता रहनेछ। पुरानो विवादका कारण घाटा बेहोर्नु पर्नेछ । समाजमा प्रतिष्ठामा आँच आउन सक्छ । परिवारका सदस्यको व्यवहारले मन खिन्न रहनेछ।

मीन राशि
आज नयाँ सवारी साधन खरिद गर्न सकिनेछ। व्यापारमा नयाँ लगानी गर्न सकिनेछ । परिवारमा शुभ कार्यक्रम हुनेछ । अत्याधिक कामका कारण स्वास्थ्यमा ह्रास आउनेछ । आफ्ना प्रियजनहरूसँग मीठो सम्बन्ध राख्नुहोस्। शत्रुको षड्यन्त्रबाट सजग रहनु राम्रो हुनेछ ।

Leave a Reply

ताजा समाचार

Expert Guide to Football Lineup Prediction

५ घन्टा अघि

The Complete Guide to Betting Site Bonuses

५ घन्टा अघि

Duel Bet: The Casino Showdown

५ घन्टा अघि