नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नहरुलाई कारबाही गर्न माग गर्दै नागरिक आन्दोलन सुरु | ईमाउण्टेन समाचार

Our Network

असोज १७ २०८१, बिहीबार

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नहरुलाई कारबाही गर्न माग गर्दै नागरिक आन्दोलन सुरु

काठमाडौं । नागरिक अगुवाहरुले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नहरुलाई कारबाही गर्न सरकारसँग माग गर्दै काठमाडौंमा दवाव आन्दोलन सुरु गरेका छन ।

बुधबार अपरान्ह काठमाडौंको भद्रकालीमा भेला भएका उनीहरुले ठूला दलका नेताहरुले मिलेर सो प्रकरणमा संलग्नहरुलाई पनि उन्मुक्ति दिन सक्ने भन्दै त्यसो नगर्न खबरदारी गरेका हुन । सो प्रकरणलाई अघि बढाउन प्रधानमन्त्री पुष्पकमल दाहालले नै धोका दिन सक्ने भएकाले आफूहरुले पनि दवाव आन्दोलन सुरु गर्नु परेको वरिष्ठ चिकित्सक गोविन्द केसीले बताउनु भयो । उहाँले भन्नु भयो, ‘यसमा पनि षडयन्त्र हुन सक्छ । अहिले फेरी पनि धोका दिन सक्छन प्रचण्डले पनि । तर अव जनतालाई यिनीहरुले धोका दिन सक्ने अवस्था छैन । जनतामा अव कुनै पनि खालको षडयन्त्रमा पर्दैनन् । उनले विगतमा गरेको गल्ती कामहरुको पनि जवाफदेही हुनै पर्छ ।’

अर्का नागरिक अभियन्ता संजीव उप्रेतीले सो प्रकरणलाई ढाकछोप हुन नदिन आफूहरुले दवाव आन्दोलन सुरु गर्नु परेको बताउनु भयो । उहाँले देशलाई बदनाम हुन नदिन आफूहरु पनि लागिपर्ने चेतावनी समेत दिनु भयो । अभियन्ता उप्रतीले भन्नु भयो, ‘सो प्रकरणको छानविनलाई रोक्ने, विषयान्तर गर्ने षडयन्त्र हुन सक्छन । त्यसलाई रोक्न हामीले आन्दोलन सुरु गरेका हौं ।’

नागरिक अभियन्ताहरुले भ्रष्टाचार र अपराधका नायक ठूला दलका नेताहरुनै भएको आरोप लगाउँदै उनीहरुलाई कारबाहीको दायरामा ल्याउन ढिलाई गर्न नहुने पनि बताएका छन । त्यसक्रममा उनीहरुले सो प्रकरणको विरोधमा लेखिएका प्लेकार्डहरु प्रर्दशन गरेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);