काठमाडौं, २७ वैशाख । संघीय संसदमा प्रि–बजेटबारे तीनदिनदेखि छलफल भइरहेको छ । तीनदिन सम्म सांसदहरुले राखेका धारणाका बारेमा आज अर्थमन्त्री प्रकाशशरण महतले जवाफ दिँदैछन् । आज प्रि–बजेट छलफलको अन्तिम दिन हो । मन्त्री महतले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।
गत आइतबार बसेको प्रतिनिधिसभाको कार्य व्यवस्था समितिको बैठकले गरेको निर्णयअनुसार उक्त प्रस्तावमाथिको छलफल आज सकिदैंछ । संवैधानिक ब्यवस्था अनुसार जेठ १५ गते आउन लागेको बजेटको पूर्वसन्ध्यामा राजनीतिक दलहरुले प्र्रि–बजेटका बारेमा छलफल शुरु गरेका थिए ।