इमरान खानको गिरफ्तारीपछि पाकिस्तानमा हिंसा भड्कियो, सेनाको मुख्यालयमा आक्रमण | ईमाउण्टेन समाचार

Our Network

असोज १८ २०८१, शुक्रबार

इमरान खानको गिरफ्तारीपछि पाकिस्तानमा हिंसा भड्कियो, सेनाको मुख्यालयमा आक्रमण

एजेन्सी, २७ वैशाख । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको गिरफ्तारीपछि पीटीआईका समर्थकहरूले देशका विभिन्न सहरमा हिंसात्मक प्रदर्शन गरेका छन् । समर्थकहरूले रावलपिंडीस्थित सेनाको मुख्यालय र लाहोरमा सेना कमाण्डरको घरमा आक्रमण गरेका थिए।

लाहोरमा सेनाका कमाण्डरको घर तोडफोडपछि आगजनी गरिएको थियो । अरु केही सैनिक अधिकारीहरुको घरमा पनि आक्रमण भएको छ । इस्लामाबाद, कराँची, गुजरनवाला, फैसलाबाद, मुल्तान, पेशावर र मर्दानमा पनि हिंसा भएको थियो । इस्लामाबाद र पेशावरमा धारा १४४ लगाइएको छ । इमरानलाई पाकिस्तानी रेंजर्सले इस्लामावाद उच्च अदालतबाट पक्राउ गरेको हो । उनीविरुद्ध एक सयभन्दा बढी मुद्दा दर्ता छन् । उनी २ वटा मुद्दामा धरौटीका लागि उच्च अदालत पुगेका थिए । उनी ५० अर्ब रुपैयाँभन्दा बढीको अल कादिर ट्रस्ट घोटाला प्रकरणमा पक्राउ परेका हुन् ।

राजस्थानका पूर्व उपमुख्यमन्त्री सचिन पायलटले भोलि (मे ११) अजमेरबाट आफ्नै सरकारविरुद्ध पदयात्रा निकाल्ने भएका छन् । करिब १२५ किलोमिटरको यो यात्रा ५ दिनपछि जयपुरमा समाप्त हुनेछ । पाइलटले यो यात्रा सरकार विरुद्ध नभई भ्रष्टाचार विरुद्ध रहेको बताए । अजमेरको च्एक्ऋ (राजस्थान लोक सेवा आयोग) बाट पेपर लीक भएकोले त्यहाँबाट यात्रा सुरु हुने उनले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);