नक्कली भूटानी शरणार्थी मुद्दामा प्रहरीलाई दबाब दिनु देशप्रतिको गद्दारी होः नेता रावल | ईमाउण्टेन समाचार

Our Network

असार २० २०८१, बुधवार

नक्कली भूटानी शरणार्थी मुद्दामा प्रहरीलाई दबाब दिनु देशप्रतिको गद्दारी होः नेता रावल

काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले नक्कली भूटानी शरणार्थी प्रकरणलाई दबाउनु भनेको देशका लागि ठूलो गद्दारी भएको बताउनुभएको छ ।

मंगलवार काठमाडौंमा आयोजित चलचित्र काँडेतारबारे बोल्दै उहाँले पछिल्लो समय भूटानी शरणार्थी प्रकरण दबाउने प्रयास भइरहेको भन्दै मुद्दा कमजोर बनाउने कुचेष्टा नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई चेतावनी दिनुभयो । उहाँले तत्कालीन गृहमन्त्री, उपप्रधानमन्त्रीहरु नै यस्ता धन्दामा लाग्ने हो भने देश विकास कसरी हुन्छ ? भन्दै प्रश्न गर्नुभयो ।

उहाँले नक्कली भूटानी शरणार्थी प्रकरण ठगी मात्रै नभइ मानव बेचबिखन र राष्ट्र बिरोधी कुकृत्य भएको बताउनु भयो । उहाँले नक्कली भूटानी शरणार्थी मुद्दालाई पनि कमजोर बनाउन प्रहरीलाई दबाब दिने काम भइरहेको भन्दै अपराधलाई लुकाउनु देशका लागि ठूलो गद्दारी भएको बताउनु भयो ।

नेता रावलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका समर्थकहरुलाई सत्य कुराको खण्डनमा उत्रिन चुनौति दिनुभयो । उहाँले सभापति लामिछानेले गृहमन्त्री रहँदा निजी कम्पनीलाई सम्पूर्ण विवरण हेर्ने अधिकार दिएको बिरोध गर्नुभयो । उहाँले दुई वटा देशका नागरिकता र राहदानी भएको व्यक्ति कसरी गृहमन्त्री बनेको हो ? भन्द प्रश्न गर्नुभयो ।

नेता रावलले काँडेतारको साहित्यिक अर्थ नबुझ्ने व्यक्ति सञ्चार मन्त्रालयमा भए तत्काल मन्त्रालय छोड्नुपर्ने बताउनु भयो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);