आगामी बजेट मानव केन्द्रित विकासलाई प्राथमिकता दिएर ल्याउनुपर्छः अध्यक्ष डा. राउत | ईमाउण्टेन समाचार

Our Network

कार्तिक ३० २०८१, शुक्रबार

आगामी बजेट मानव केन्द्रित विकासलाई प्राथमिकता दिएर ल्याउनुपर्छः अध्यक्ष डा. राउत

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउतले सरकारले आगामी बजेट मानव केन्द्रित विकासलाई प्राथमिकता दिएर ल्याउनुपर्ने बताउनुभएको छ ।

मंगलवार प्रतिनिधि सभा चलिरहेको विनियोजित बजेट २०८० को सिद्धान्त र प्राथमिकता माथिको छलफलमा भाग लिँदै अध्यक्ष डा.राउतले यस्तो बताउनुभएको हो । उहाँले सरकारले अहिलेसम्म मानव केन्द्रित भन्दा पनि अनावश्यक क्षेत्रमा खर्च गरिरहेको बताउनु भयो । उहाँले विगत लामो समयदेखि विकासको गलत मोडल अभ्यास गर्दै आएको बताउनु भयो ।

उहाँले गलत विकास मोडलको अभ्यास गर्दा विकास भनेकै ठूला–ठूला भवन,विमानस्थल र सडकहरु भन्ने भाष्य कायम रहेको बताउनु भयो। उहाँले प्रहरीका कर्मचारीहरु तलव नपाएर रोइरहेको अवस्था रहेको भन्दै यता सरकार एयर ट्राफिक नभएका ठूला–ठूला अन्तर्राष्ट्रिय विमानस्थलहरुमा ऋण लिएर भएपनि बनाउने तयारी गर्नु गलत भएको बताउनु भयो।

उहाँले सरकारले नागरिकलाई स्वास्थ्य उपचार दिन सकेको छैनौ तर ठूला भ्युटावरहरुलाई बनाउँदै गइरहेको बताउनु भयो । उहाँले सडकमा प्रतिघण्टा १०० सवारी नगुड्ने सडकलाई ४ लेन बनाउने भन्दै सरकार लैहीलैहीमा लागेको आरोप लगाउनु भयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);