नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर रायमाझीको सम्लग्नताबारे एमालेले कस्तो निर्णय गर्ला ? | ईमाउण्टेन समाचार

Our Network

असार २३ २०८१, शनिबार

नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर रायमाझीको सम्लग्नताबारे एमालेले कस्तो निर्णय गर्ला ?

काठमाडौं, २६ वैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणबारे एमालेका सचिव टोपबहादुर रायमाझीको सम्बन्धबारे सचिवालय बैठकमा छलफल हुने भएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको आज २ बजे केन्द्रीय कार्यालय च्यासलमा सचिवालय बैठक बस्दैछ । नक्कली भुटानी शरणार्थी प्रकरणमा रायमाझीसहित पूर्वगृहमन्त्री बालकृष्ण खाँणको पनि नाम मुछिएको छ ।

प्रहरीको नियन्त्रणमा रहेका सानु भण्डारीले खाँणलाई साढे ४ करोड रुपैयाँ दिएको प्रहरीसँग बयानमा बताएको स्रोतले जनाएको छ । अदालतले रायमाझीविरुद्ध पक्राउ पुर्जी गरेपनि अझैसम्म उनी पक्राउ परेका छैनन् ।

विहीबार भैरहवामा प्रहरीको नियन्त्रणमा रहेका रायमाझी शुक्रबार फरार भएको समाचार बाहिर आएको थियो । पार्टीभित्र कार्यकर्ताले रायमाझीलाई निलम्बन गर्नुपर्ने दबाब नेतृत्वलाई दिन थालेका छन् । अदालतमा उपस्थित भएर अनुसन्धानमा सघाउनुपर्ने कार्यकर्ताको भनाइ छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);