काठमाडौं, २६ वैशाख । पूर्वगृहमन्त्री बालकृष्ण खाँणसँग प्रहरीले प्रारम्भिक बयान लिएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेपाली कांग्रेस नेता खाँणसँग सोमबार प्रहरीले प्रारम्भिक सोधपुछ गरेको हो । सोधपुछपछि बयान कागज बनाएर छाडिएको छ ।
प्रहरी स्रोतका अनुसार काठमाडौं प्रहरी परिसरमा बोलाएर खाँणलाई बोलाएको बेला उपस्थित हुने शर्तमा कागज गराइएको हो । नक्कली शरणार्थी प्रकरणमा एकपछि अर्को उच्च तहका नेताहरु तानिन थालेपछि अनुसन्धान कार्य प्रभावित भएको भन्दै चर्को आलोचना हुन थालेको छ ।
प्रहरी नियन्त्रणमा रहेका सानु भण्डारीले बयानमा खाँण र उनकी पत्नीको नाम पनि लिएपछि उनीहरु पनि अनुसन्धानमा तानिएका हुन । भण्डारीले खाँणलाई ४ करोड ७५ लाख रुपैयाँ दिएको बयान दिएका थिए ।