काठमाडौं, २५ वैशाख । संसद बैठक चलिरहेको बेला आज स्वतन्त्र सांसद अमरेस कुमार सिंह अर्धनग्न बनेका छन् ।
सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा सांसद सिंहले आकस्मिक समय मागेका थिए ।
सभामुखले उनलाई समय नदिएपछि त्यसको विरोधमा सर्ट र गञ्जी खोलेर विरोध जनाएका हुन् ।
सभामुख देवराज घिमिरले बैठकमा अर्धनग्न भएपछि संसदीय मर्यादाको ख्याल गर्न समेत आग्रह गरेका थिए ।