काठमाडौं, २५ वैशाख । इन्डियन प्रिमियर लिग आइपीएलमा सनराइजर्स हैदराबादले राजस्थान रोयल्समाथि रोमाञ्चक जित हात पारेको छ । राजस्थानको घरेलु मैदान सवाईमान सिंह क्रिकेट स्टेडियममा हैदराबाद ४ विकेटले विजयी भएको हो।
राजस्थानले दिएको २ सय १५ रनको विशाल लक्ष्य हैदराबादले अन्तिम बलमा ६ विकेट गुमाएर पूरा गर्यो । हैदराबादका अभिषेक शर्माले ३४ बलमा ५ चौका र २ छक्कासँगै ५५ ,राहुल त्रिपाठीले २९ बलमा २ चौका र ३ छक्कासँगै ४७ रन बनाए । अनमोलप्रित सिंहले ३३ हेनरिक केल्सनले २६ र रन बनाए । हैदराबादलाई जितका लागि अन्तिम ओभरमा १७ रन चाहिएकोमा क्रिजमा मार्को यान्सन र अब्दुल समाद रहेका थिए ।
बलिङमा सन्दीप शर्मा आएका थिए। राजस्थानका युजभेन्द्र चहलले ४ तथा कुलदिप यादव र रविचन्द्रन आश्विनले १÷१ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा २ विकेट गुमाएर २ सय १४ रन बनायो । राजस्थानका जोस बटलरले ९५, यश्सवी जैसवालले ३५ र कप्तान सन्जु सामसनले अविजित ६६ रन बनाए । जितसँगै सनराईजर्स १० खेलमा ८ अंक जोडेर नवौं स्थानमा उक्लिएको छ । राजस्थान ११ खेलमा १० अंक जोडेर चौथो स्थानमा छ ।