राष्ट्रपति पौडेललाई फकाउन सुरेन्द्र आचार्यलाई मन्त्री | ईमाउण्टेन समाचार

Our Network

असार २२ २०८१, शुक्रबार

राष्ट्रपति पौडेललाई फकाउन सुरेन्द्र आचार्यलाई मन्त्री

काठमाडौं, २४ वैशाख । लुम्बिनी प्रदेशमा अघिल्लो प्रदेश संसदको कार्यकालमा राज्यमन्त्री सम्म बनेका सुरेन्द्र आचार्यले छलाङ मारेका छन् । उनी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बनाइएका छन् आज ।

काँग्रेसले ८ मन्त्रालय मात्र पाउने भनिएकोमा आचार्यलाई पनि थपिनुमा ठूलै रहस्य छ । नागरिकता विधेयक पारित गर्ने प्रचण्डको रणनीति अन्र्तगत यो सबै भएको हो । विधेयक हालका राष्ट्रपति रामचन्द्र पौडेलबाट सदर गराउने पहल चलिरहेको छ । यसका लागि उनलाई मनाउन पनि आचार्यलाई मन्त्री दिइएको छ ।

आचार्य लामो समय पौडेलसँग नजिक रहेर काम गरे । पौडेलकै पहलमा उनले कपिलवस्तुमा टिकट पनि पाए । चुनाव जितेका उनले एकैपटक मन्त्री पाउँदा काँग्रेसकै कतिपय नेता आश्चर्यचकित भएका छन् ।

कपिलवस्तु क्षेत्र नं २ बाट मा मंसिर ४ को चुनाव जितेको पाँच महिनामै मन्त्री बनेर आचार्यले महत्वपूर्ण राजनीतिक उपलब्धि हासिल गरेका छन् । उनी अघिल्लो चुनावमा प्रदेशमा राज्यमन्त्री सम्म भएका थिए ।

आचार्यसहित नेपाली काँग्रेसबाट ९ मन्त्री सरकारमा सहभागी भएका छन् । मन्त्रिपरिषद्मा प्रधानमन्त्री प्रचण्डसहित २३ सदस्य पुगेका छन् जसमा दुई जना राज्यमन्त्री छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);