ट्रेलर देखाएका प्रचण्डको निशानामा को–को छन् ? | ईमाउण्टेन समाचार

Our Network

असार १९ २०८१, मंगलबार

ट्रेलर देखाएका प्रचण्डको निशानामा को–को छन् ?

काठमाडौं, २४ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारसम्बन्धी ठूला फाइलहरु खुल्दै जाने बताए । शनिवार काठमाडौंमा नेपाल दलित मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले कुनैपनि हालतमा भ्रष्टाचारीलाई छुट दिन नसकिने समेत दाबी गरे ।

प्रधानमन्त्री दाहालले अहिलेको नेपालीलाई भूटानी शरणार्थी बनाइ बेच्ने कुरा ट्रेलर मात्रै रहेको उल्लेख गर्दै पूरा फिल्म देख्न बाँकी रहेको भन्नसमेत भ्याए । यद्यपी उनले अब उनको निशानामा को को छन भन्न चाँही भ्याएनन । दाहालको यो भनाई दलहरुलाई घुमाउरो पारामा आफ्नो पक्षमा पार्न खोजिएको हुनसक्ने केहीले बिश्लेषण गर्न थालेका छन् ।

सरकारले कारबाही गर्न नै चाहेको भए नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीको नाम फरार सूचीमा अट्ने थिएन । अघिल्लो दिन भैरहवाबाट पक्राउ परेका रायमाझी भोलिपल्टै प्रहरीले फरार सूचीमा राखेको थियो । रायमाझीलाई पक्राउ पुर्जी जारी गरेपछि एमाले अध्यक्ष केपी शर्मा ओली प्रचण्डलाई चेतावनी दिन पुुगेका थिए । त्यसयता प्रचण्ड र ओलीबीच धेरै पटक भेटवार्ता भइरहेको छ । दाहाल आफैले रायमाझीको बारेमा ओलीले छलफल गर्न आएको बताएका थिए । र,कसैले पनि आफूलाई भ्रष्टाचारीलाई कारबाही गर्न दबाब दिन नसक्ने पनि पत्रकारमाझ सुनाएका थिए ।

प्रधानमन्त्री प्रचण्ड र प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष ओलीबीच शनिबार भएको छलफलपछि संवैधानिक परिषदको बैठक आजको लागि बोलाइएको छ । यसअघि प्रधानन्यायाधीश नियुक्तिको सिफारिसका लागि बैठक बसेपनि कुनै निष्कर्ष निकाल्न सकेको थिएन । एमालेले संसदीय सुनुवाइ विशेष समिति गठन नभएसम्म प्रधानन्यायाधीश नियुक्ति गर्न नमिल्ने अडान लिइरहेको बेला शनिबार भएको २ शीर्ष नेताबीचको भेटपछि आजै बैठक बोलाइएको हो । सर्वोच्च अदालतमा लामो समयदेखि कायममुकायमले काम चलाइरहेको अवस्था छ ।

 

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);