पोखरीमा डुबेर दाजुभाइको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०८१, शनिबार

पोखरीमा डुबेर दाजुभाइको मृत्यु

जनकपुरधाम, २४ वैशाख । धनुषाको एक पोखरीमा डुबेर २ बालकले गुमाएका छन् । वडा नं. २४ बसहियास्थित गोगलप्रसाद नमुना मावि अगाडिको पोखरीमा नुहाउने क्रममा जुम्ल्याहा बालकको मृत्यु भएको हो ।

प्रहरीको अनुसार जनकपुरधाम उपमहानगरपालिका–२४ का अलिहसन अन्सारीका जुम्ल्याहा छोराहरु ९ वर्षीय मोहमद अल्कामा अन्सारी र मोहमद अब्दुल अन्सारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुवै बालकलाई पोखरीबाट निकालेर उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा लगेको थियो । राति ८ बजे दुवै बालकलाई चिकित्सकले मृत घोषणा गरेको उनले बताए ।

उनीहरुको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।

 

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);