‘जनभावनाको कदर गर्दै प्रतिपक्षमा बस्ने निर्णय गरेका हौं, रचनात्मक प्रतिपक्षको उदाहरण देखाउछौं’ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८२, शनिबार

‘जनभावनाको कदर गर्दै प्रतिपक्षमा बस्ने निर्णय गरेका हौं, रचनात्मक प्रतिपक्षको उदाहरण देखाउछौं’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनभावनाको कदर गर्दै प्रतिपक्षमा बस्ने निर्णय गरेको बताएका छन् ।

शुक्रबार बसेको पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिदै लामिछानेले यस्तो बताएका हुन् ।

उनले सशक्त र रचनात्मक प्रतिपक्षको उदाहरण देखाउन प्रयास गर्ने दाबी गरे । साथै, यस अबधीमा पार्टीको संगठन निर्माणमा लाग्ने पनि जानकारी दिए ।

‘हामीलाई जनताले सशक्तरुपमा संसदमा देख्न चाहेका छन् । त्यो पुरा गर्ने छौं । जनभावनाको कदर गर्ने छौं । जनमतको अध्याधिक कदर गर्ने अवस्था देखेपछि यो निर्णय गरेका हौं,’उनले भने ।

लामिछानेले पत्रकार सम्मेलनमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी गरिएका सांसद कहाँ वेपत्ता भए ? भन्दै प्रश्न उठाएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);