काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजाल केन्द्रीय कार्य समिति सदस्यमा मनोनीत भएका छन् ।
सभापति शेरबहादुर देउवाले रिजाललाई शुक्रबार केन्द्रीय सदस्यमा मनोनीत गरेका हुन् ।
महाधिवेशनमा महामन्त्री पराजित भएका रिजाललाई देउवाले संसदीय चुनावमा टिकटसमेत नदिएपछि आलोचना भएको थियो ।