शक्तिशालीहरू प्रति अनुसन्धान उदासीन हुन सक्छ, खबरदारी गरौंः डा. भीमार्जुन आचार्य | ईमाउण्टेन समाचार

Our Network

माघ २५ २०८१, शुक्रबार

शक्तिशालीहरू प्रति अनुसन्धान उदासीन हुन सक्छ, खबरदारी गरौंः डा. भीमार्जुन आचार्य

काठमाडौं । संविधानविद डा. भीमार्जुन आचार्यले नक्कली शरणार्थी प्रकरणमा शक्तिशालीहरू प्रति अनुसन्धान उदासीन हुन सक्ने भन्दै खबरदारी गर्न आग्रह गरेका छन् ।

आचार्यले समाजिक सञ्जाल मार्फत यस्तो आग्रह गरेका हुन् । उनले नक्कली शरणार्थी प्रकरण निकै नै गम्भीर कसूर र राष्ट्रिय लज्जाको पनि विषय भएको टिप्पणी गरेका छन् ।

देश कसरी र कस्ताबाट संचालित छ भन्ने कुरा यो घटनाले राम्रैसंग उजागार गरेको उनले भनेका छन् ।

‘नक्कली शरणार्थी प्रकरण निकै नै गम्भीर कसूर र राष्ट्रिय लज्जाको पनि विषय हो । देश कसरी र कस्ताबाट संचालित छ, यसले यसपटक राम्रैसंग उजागार गर्यो । शक्तिशालीहरू प्रति अनुसन्धान उदासीन हुन सक्छ। खबरदारी गरौं,’ उनले लेखेका छन् ।

नक्कली शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझी पनि मुछिएका छन् । साथै, पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतिक थापा र रायमाझीका छोरा सन्दीप रायमाझी पनि संलग्न रहेको आरोप लागेको छ । यस प्रकरणमा नेपाल सरकारका एक सचीव समेत पक्राउ परेका छन् ।

पक्राउ पुर्जी जारी भएपछि रायमाझी वेपत्ता भएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);