हेलिकप्टर दुर्घटनामा घाइतेमध्य एकजनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

माघ २५ २०८१, शुक्रबार

हेलिकप्टर दुर्घटनामा घाइतेमध्य एकजनाको मृत्यु

संखुवासभा । संखुवासभामा भएको हेलिकप्टर दुर्घटनामा परि घाइते मध्य एकजनाको मृत्यु भएको छ । दुर्घटनामा स्थानीय भविन गुरुङको मृत्यु भएको हो । दुर्घटनामा दुई पाइलटसहित पाँचजना घाइते भएका थिए ।

संखुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहन घिमिरेले यसबारे जानकारी दिएका छन् । माथिल्लो अरुण जलविद्युत आयोजनाको पावरको सामान लाँदै गर्दा हेलिकप्टर दुर्घटना भएको घिमिरेले बताए ।

घटनामा घाइतेमध्ये चार जनालाई काठमाडौं ल्याइएको छ ।

हेलिकप्टरको पंखा पहाडको भित्तामा ठोक्किएर दुर्घटना भएको प्रत्यक्षदर्शीको भनाई उदृत गर्दै प्रहरीले जनाएको छ । घटनास्थलमा उद्धारमा सेना र प्रहरीको टोली खटिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);