प्रहरीले नियन्त्रणमा लिइसकेपछि टोपबहादुर कसरी फरार भए ? | ईमाउण्टेन समाचार

Our Network

असार १२ २०८१, मंगलबार

प्रहरीले नियन्त्रणमा लिइसकेपछि टोपबहादुर कसरी फरार भए ?

काठमाडौं, २२ वैशाख । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौं ठगेको प्रकरणमा मुछिएपछि पूर्वउपप्रधानमन्त्री तथा नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझीलाई काठमाडौं जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेको थियो । पक्राउ पूर्जी जारी भएका रायमाझी बिहीबार भैरहवा प्रहरीको नियन्त्रणमा थिए । तर उनलाई आज प्रहरीले फरार सूचीमा राखेको छ ।

हिजो नै रायमाझीलाई काठमाडौं ल्याउने तयारी भइरहेको जनाइएको थियो । त्यस अघि नै रायमाझीका छोरा सन्दीप रायमाझी पनि पक्राउ परीसकेका थिए । यसअघि पक्राउ परेका व्यक्तिहरूले बयान दिनेक्रममा टोपबहादुर र सन्दीपको नाम लिएका थिए ।

पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ का छोरा प्रतीक थापाविरूद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । उनी पनि फरार सूचीमा छन् । जिल्ला अदालत काठमाडौंले थापाविरूद्ध बुधबार पक्राउ पुर्जी जारी गरेको हो।
यहि प्रकरणमा उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको थियो । तर, पाण्डे प्रहरीमा आफै उपस्थीत भएको बुझिएको छ ।

उनीमाथि नक्कली भुटानी शरणार्थी बनाउने भूमिका खेलेको आरोप छ । प्रहरीले बुधवार नै सरकारी वकिलको कार्यालयबाट पक्राउ पूर्जी जारी भएपछि पक्राउ गरेको हो । यसअघि सुरक्षाविज्ञ डा. इन्द्रजीत राई, पूर्वउपप्रधानमन्त्री सुजाता कोइरालाको स्वकीय सचिव रहिसकेका केशव दुलाल पक्राउ परिसकेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);