प्रकृतिको पूजा गर्दै उँभौली पर्व मनाइँदै | ईमाउण्टेन समाचार

Our Network

जेठ १० २०८१, बिहीबार

प्रकृतिको पूजा गर्दै उँभौली पर्व मनाइँदै

काठमाडौं, २२ वैशाख । आज उँभौली पर्व मनाइँदैछ । देशभर विभिन्न कार्यक्रमको आयोजना गरी आज उँभौली पर्व मनाउन लागिएको हो । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उँभौली पर्व आज देशभर भूमेस्थानमा पूजा आराधना गरी मनाउने गर्दछन् ।

बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भन्ने हेतुले प्रकृतिको पूजा आराधना गरिने परम्परा छ । गर्मी बढ्ने भएकाले यो समुदाय बेँसीबाट लेकतिर उँभो लाग्ने भएकाले पनि यसको नाम
उँभौली रहेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);