सरकारले आफ्नो औचित्य पुष्टि हुनेगरी नीति तथा कार्यक्रम र बजेट ल्याउँछः मन्त्री बस्नेत | ईमाउण्टेन समाचार

Our Network

जेठ १४ २०८३, शुक्रबार

सरकारले आफ्नो औचित्य पुष्टि हुनेगरी नीति तथा कार्यक्रम र बजेट ल्याउँछः मन्त्री बस्नेत

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेतले सरकारले आफ्नो औचित्य पुष्टि हुनेगरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउने बताउनु भएको छ ।

मन्त्री बस्नेतले सरकारको ध्यान आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माणमा केन्द्रित भएको बताउनु भयो । काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाँले जनताका अपेक्षाहरु पूरा गर्नका लागि सरकारको हालसम्मको अवधिलाई तयारीको अवधिको रुपमा लिनुपर्ने पनि पटकपटक दोहो¥याउनु भयो ।

मन्त्री बस्नेतले सरकारले डेलिभरीको कामलाई थप प्रभावकारी बनाउने प्रयास गरिरहेको उल्लेख गर्दै त्यसलाई छिट्टै अनुभूति गर्न सकिने दावी गर्नु भयो । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटपछि जनताको अपेक्षा अनुसार सरकारले काम सुचारु गर्ने उहाँको भनाई थियो ।

फरक प्रसंगमा मन्त्री बस्नेतले मौसम पूर्वानुमानलाई भरपर्दो बनाउनका लागि सरकारले उचित ध्यान दिने पनि बताउनु भयो ।

Leave a Reply