ओलीलाई पत्रकारको प्रश्न– रविलाई प्रधानमन्त्रीमा प्रस्ताव गर्नुभएको हो ? | ईमाउण्टेन समाचार

Our Network

असोज १८ २०८१, शुक्रबार

ओलीलाई पत्रकारको प्रश्न– रविलाई प्रधानमन्त्रीमा प्रस्ताव गर्नुभएको हो ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रधानन्त्रीको अफर गरेको बारे समाचारहरु बाहिरिरहेका छन् । उक्त समाचार बाहिरिएपछि यसबारे सामाजिक सञ्जालमा मात्र होइन् राजनीतिक वृतमा पनि तरंग ल्यायो ।

तर, ओलीले यसबारे अनविज्ञता प्रकट गरेका छन् । बिहिबार प्रधानमन्त्रीलाई भेट्न सिंहदरबार पुगेका ओलीलाई रविलाई प्रधानमन्त्रीमा प्रस्ताव गर्नुभएको हो ? भन्दै सञ्चारकर्मीले प्रश्न सोधेका थिए । तर, ओलीले यसबारे जानकारी नभएको बताए । उनले आफुले यसबारे समाचार सुनेर मात्र थाहा पाएको जवाफ दिए ।

एमालेका सचिव एंव सांसद टोपबहादुर रायमाझी पक्राउ परेको समाचार बाहिरिएपछि ओली प्रधानमन्त्रीलाई भेट्न सिंहदरबार पुगेका थिए ।

बिहीवार सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले उपप्रधानमन्त्री बनिसकेको मान्छे भागेर कतै जान नसक्ने भएपनि षड्यन्त्रपूर्वक बाटोबाट नै समाउनु रहस्यमयी भएको उल्लेख गर्नुभयो । उहाँले सचिव रायमाझीलाई तानेका हो वा तनाएको हो भन्ने बारेमा पार्टीले अध्ययन गरिरहेको र अध्ययनपछि मात्रै पार्टीले धारणा बनाउने बताउनु भयो । उहाँले कुनैपनि बेला दोषी उम्किनु नहुने र निर्दोष फस्नु नहुने भन्दै फसाउने षड्यन्त्र रचिएको भए सह्य नहुने चेतावनी दिनुभयो ।

अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालसँग आफूले समसामयिक राजनीतिक विषयमा छलफल गरेको र सांसद रायमाझीलाई पक्राउ गरेको कुरामा पनि ध्यानाकर्षण गराएको उल्लेख गर्नुभयो । नक्कली भुटानी शरणार्थी बनाएर ठगी गर्ने प्रकरणमा एमाले सचिव टोपबहादुर रायमाझीबिरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);