अफगानिस्तानमा दैनिक १६७ बालबालिकाको मृत्यु, चिकित्सक भन्छन्–मृत्यु हेर्नुबाहेक हामीसँग विकल्प छैन | ईमाउण्टेन समाचार

Our Network

असार २३ २०८१, शनिबार

अफगानिस्तानमा दैनिक १६७ बालबालिकाको मृत्यु, चिकित्सक भन्छन्–मृत्यु हेर्नुबाहेक हामीसँग विकल्प छैन

एजेन्सी, २१ वैशाख । अफगानिस्तानमा हरेक दिन करिब १६७ बालबालिकाको मृत्यु भइरहेको छ । बीबीसीका अनुसार यो तथ्याङ्क आधिकारिक मात्र हो । तथ्यांकमा नआएका धेरै डाटा हुन सक्ने अनुमान गरिएको छ ।

घोर प्रदेशको उत्कृष्ट अस्पतालका धेरै कोठा बिरामी बालबालिकाले भरिएका छन् । अस्पतालमा एउटा बेडमा कम्तीमा २ जना बालबालिका भर्ना छन् । योसँगै ६० बालबालिकाको वार्डमा २ जना मात्र नर्स कार्यरत रहेको भारतीय समाचार भाष्कर डटकमले जनाएको छ ।

युनिसेफका अनुसार यी बालबालिका गम्भीर रोगबाट पीडित छन् । तर, यी रोगहरूको उपचार सम्भव छ । वास्तवमा, अफगानिस्तानमा स्वास्थ्य सुविधाहरू सधैं खराब छन्। तालिवानको कब्जाका कारण यहाँ विदेशी कोषबाट उपचारका सुविधाहरु उठाइएको थियो तर यो पनि २०२१ पछि रोकियो । बीबीसीका अनुसार विगत २० महिनामा धेरै प्रमुख अस्पतालहरू बन्द भएका छन्।

सत्ता कब्जा गरेदेखि तालिबानले महिलामाथि लगातार विभिन्न प्रतिबन्ध लगाएको छ। अहिले महिलालाई गैरसरकारी संस्थामा काम गर्न पनि प्रतिबन्ध लगाइएको छ । जसका कारण एजेन्सीहरुले समाजसेवाका रुपमा समेत बालबालिकालाई सहयोग गर्न सकेका छैनन् । एजेन्सीसँग कुरा गर्दै घोरको अस्पतालमा कार्यरत डा समदीले अस्पतालमा पर्याप्त अक्सिजन सिलिण्डर नभएको बताएका छन् । भाष्करको अनुसार उपचारका लागि आवश्यक अन्य मेसिनको तालिवानमा पनि अभाव छ ।

समाचार एजेन्सीसँगै डा समदीले भने,‘हामीसँग आवश्यक तालिमप्राप्त कर्मचारी पनि छैनन् । महिला कर्मचारीको ठूलो अभाव छ । जब हामी सबै बच्चाहरू गम्भीर अवस्थामा छन्, हामी कुन बच्चालाई पहिले उपचार गर्छौं ? हामीसँग उनीहरुको मृत्यु हेर्नुको विकल्प छैन।’

उनीहरूले अफगानिस्तानका लागि राष्ट्रसंघले अपिल गरेको रकमको ५ प्रतिशत मात्रै पाएका छन् । वास्तवमा, १५ अगस्ट २०२१ मा तालिबानले काबुलका साथै सम्पूर्ण अफगानिस्तान कब्जा गरेको थियो। यसअघि २१ वर्षसम्म अफगानिस्तानमा जनस्वास्थ्य सेवाका लागि अर्बौं रुपैयाँ खर्च भएको थियो । सन् २०२१ मा सत्ता परिवर्तन भएदेखि अहिलेसम्म तालिवान सरकारलाई मान्यता दिइएको छैन। यस्तो अवस्थामा देशका लागि रकम छुट्याउन गाह्रो भएको छ ।

तर, कतिपय गैरसरकारी संस्थाले अस्पतालका कर्मचारीलाई तलब र आवश्यक सुविधा उपलब्ध गराउन निरन्तर रकम जुटाउने प्रयास गरिरहेका छन् । यी गैरसरकारी संस्थाहरूका अनुसार तालिबानले महिलामाथि बढ्दो प्रतिबन्धलाई ध्यानमा राख्दै उनीहरूले पाउने आर्थिक सहयोग पनि छिट्टै बन्द हुने सम्भावना छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);