टोपबहादुरका छोरा सन्दीपलाई आज अदालतमा पेश गरिदैंं | ईमाउण्टेन समाचार

Our Network

चैत २७ २०८२, शनिबार

टोपबहादुरका छोरा सन्दीपलाई आज अदालतमा पेश गरिदैंं

काठमाडौं, २१ वैशाख । बुधबार पक्राउ परेका पूर्वमन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई आजै अदालतमा पेश गरिदैछ ।

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै करौडौं ठगी गरेको प्रकरणमा संलग्न रहेको आशंकामा बुधबार पक्राउ परेका सन्दीपलाई आज जिल्ला अदालत काठमाडौंमा पेश गरिने प्रहरी स्रोतले जनाएको छ । उनलाई बुद्ध एयरमार्फत भैरहवा विमानस्थलबाट काठमाडौं ल्याइँदैछ ।

रायमाझी बुधबार साँझ बुटवलबाट पक्राउ परेका थिए । पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ का छोरा प्रतीक थापाविरूद्ध पनि पक्राउ पुर्जी जारी भएको छ। जिल्ला अदालत काठमाडौंले थापाविरूद्ध बुधबार पक्राउ पुर्जी जारी गरेको हो।

यसअघि पक्राउ परेका व्यक्तिहरूले बयान दिनेक्रममा टोपबहादुर र सन्दीपको नाम लिएका थिए ।

Leave a Reply