एमाले सांसद टोपबहादुर रायमाझीका छोरा बुटवलबाट पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८२, शुक्रबार

एमाले सांसद टोपबहादुर रायमाझीका छोरा बुटवलबाट पक्राउ

काठमाडौं । पूर्वमन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई प्रहरीले पक्राउ गरेको छ ।

उनलाई बुधबार साँझ बुटवलबाट पक्राउ गरिएको बुझिएको छ । पूर्वमन्त्री रायमाझी र उनका छोरा सन्दीपलाई बुधबार नै पक्राउ पुर्जी जारी भएको थियो ।

पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ का छोरा प्रतीक थापाविरूद्ध पनि पक्राउ पुर्जी जारी भएको छ।

जिल्ला अदालत काठमाडौंले थापाविरूद्ध बुधबार पक्राउ पुर्जी जारी गरेको हो। नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै करौडौं ठगी गरेको प्रकरणमा संलग्न रहेको आशंकामा उनीविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको हो ।

यसअघि पक्राउ परेका व्यक्तिहरूले बयान दिनेक्रममा टोपबहादुर र सन्दीपको नाम लिएका थिए ।

यहि प्रकरणमा उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको थियो । तर, पाण्डे प्रहरीमा आफै उपस्थीत भएको बुझिएको छ । उनीमाथि नक्कली भुटानी शरणार्थी बनाउने भूमिका खेलेको आरोप छ । प्रहरीले बुधवार नै सरकारी वकिलको कार्यालयबाट पक्राउ पूर्जी जारी भएपछि पक्राउ गरेको हो ।

यसअघि सुरक्षाविज्ञ डा. इन्द्रजीत राई, पूर्वउपप्रधानमन्त्री सुजाता कोइरालाको स्वकीय सचिव रहिसकेका केशव दुलाल पक्राउ परिसकेका छन् ।

Leave a Reply