काठमाडौं । सत्तारुढ गठबन्धनले आगामी वर्षको बजेटमा छलफल शुरु गरेको छ ।
बुधवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले बजेटका लागि छलफल शुरु गरेको हो । छलफलमा बजेटको सिद्धान्त र प्राथमिकताका बारेमा सरकारले आत्रारपत्र तयार गर्नुपर्ने निर्णय भएको नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताउनु भयो ।
उहाँले यही वैशाख २४ गते बजेट अधिवेशन आह्वान भएको र अधिवेशनमा बजेटका सिद्धान्त र प्राथमिकतामा सत्तारुढ दलबीच सहमतिगर्ने प्रयास भएको बताउनु भयो ।
प्रमुख सचेतक लेखकले तत्काल गठबन्धन भत्किने र नयाँबन्ने सम्भावना नरहेको बताउनु भयो ।