काठमाडौं, २० वैशाख । सरकारले एसीसी प्रिमियर कप क्रिकेट विजेता खेलाडीलाई प्रतिखेलाडी रू. ६ लाख रुपैयाँ नगद पुरस्कार दिने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो ।
साथै सरकारले अफिसियललाई जनही रू. ३ लाख रुपैयाँ नगद पुरस्कार दिने निर्णय पनि गरेको छ ।
बैठकले कीर्तिपुरस्थित क्रिकेट रंगशालालाई अन्तर्राष्ट्रिय गुणस्तरमा विकास गर्न आवश्यक बजेट बिनियोजन गर्ने निर्णय गरेको छ ।