तनहुँको याम्पामा गुडिरहेको ट्रक एक्कासी घरमा ठोकियो, ९ जना घाइते | ईमाउण्टेन समाचार

Our Network

असोज १८ २०८१, शुक्रबार

तनहुँको याम्पामा गुडिरहेको ट्रक एक्कासी घरमा ठोकियो, ९ जना घाइते

truck_tripper timecard

काठमाडौं, २० वैशाख । तनहुँको बन्दिपुरमा ट्रकले घरमा ठक्कर दिँदा ९ जना घाइते भएका छन् । बन्दिपुर गाउँपालिका–५ याम्पा फाँटको आँधीखोलामा ना४ख नम्बरको ट्रकले एउटा घरलाई ठक्कर दिँदा

बालबालिकाहरु घाइते भएका छन् । घाइतेमध्ये ३ जनाको अवस्था गम्भिर रहेको जनाइएको छ । बालबालिकाहरु विद्यालय जान तयार भएका थिए ।

आँबुखैरेनी प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएको छ भने सडक अबरुद्ध छ । घटनाको पुरा विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

चेतबहादुर घर्ती,सनबहादुर भुजेल, आयुष भुजेल, आयुषा भुजेल, ईश्वर भुजेल, घैटे भुजेल, जस्मी भुजेल,सानुभाइ भुजेल र ३५ वर्षीया शान्ति भुजेल दुर्घटनामा परी घाइते भएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);