काठमाडौं, २० वैशाख । नेपाली कांग्रेसका महासमिति सदस्य तथा चितवनका पूर्व कोषाध्यक्ष शंकर कँडेल मृत अवस्थामा भेटिएका छन् ।
पोल्टी व्यवसायी कँडेल आफ्नै अफिसको कोठाभित्र झुण्डिएको अवस्थामा फेला परेका हुन् । उनको अफिस भरतपुर महानगरपालिका ३ स्थित बेलचोकमा रहेको छ ।
उनले अनमोल फिड्स सञ्चालन गर्दै आएका थिए । उनी मृत भेटिएको कोठामा सुसाइड नोट समेत भेटिएको प्रहरीले जनाएको छ । प्रहरीले मुचुल्का गरेर शव पोस्टमार्टमका लागि पठाएको छ ।