दुवै खुट्टा नभएका हरि बुढामगरले गरे दोस्रो पटक मेरा पिक आरोहण | ईमाउण्टेन समाचार

Our Network

माघ २० २०८१, आइतबार

दुवै खुट्टा नभएका हरि बुढामगरले गरे दोस्रो पटक मेरा पिक आरोहण

काठमाडौं । पूर्व ब्रिटिस गोर्खा सैनिक हरिबहादुर बुढामगरले दोस्रो पटक मेरा पिक हिमाल सफल आरोहण गर्नुभएको छ ।

सगरमाथा आरोहणको अन्तिम तयारीका लागि दोस्रो पटक मेरा पिक आरोहण गर्नुभएको हो । उहाँले गत अप्रिल १६ अप्रिल बिहान ९ः३० बजे ६ हजार ४७६ मिटर अग्लो मेरा चुचुरोको सफल आरोहण गर्नुभएको हो । दुई पटक मेरा पिक चढीसकेपछि खुशी व्यक्त गर्दै न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले आफ्ना शुभचिन्तकहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो । घुँडा भन्दा माथिबाट दुवै खुट्टा गुमाउनुभएका डबल एम्प्युटी (दुवै अंगविच्छेदन) बुढामगर सगरमाथा आरोहण गर्ने पहिलो डबल एम्प्युटी व्यक्तिको रेकर्ड राख्न आरोहणको अन्तिम तयारीमा हुनुहुन्छ ।

अफगानिस्तानको लडाईंमा दुवै खुट्टा गुमाउनुभएका उहाँले शाहसिक पर्यटनमार्फत एक पछि अर्को रेकर्ड राख्दै आउनुभएको छ । कृत्रिम खुट्टा लगाएर बेलायतको सबैभन्दा अग्लो पहाड चढ्ने पहिलो व्यक्तिको कीर्तिमानी आरोहीबाट आरोहणमा रेकर्ड राख्न थाल्नुभएका बुढामगर पश्चिम युरोपको सबैभन्दा अग्लो मोन्ट ब्लांक (दुई जनाले सँगै), अफ्रिकाको सबैभन्दा अग्लो किलेमन्जारा र मेरा पिक ६ हजारभन्दा माथि चढ्ने पहिलो व्यक्तिसमेत हुनुहुन्छ ।

उहाँले चुलु फार इस्ट आरोहण, हिँडेर सगरमाथा आधार शिविर पुग्ने र सगरमाथा माथि स्काइ ड्राइभ गरेर किर्तिमान राख्नुभएको छ ।
बुढामगर सगरमाथा आरोहणका लागि मौसमको अनुकुलता पर्खिएर सगरमाथा आधार शिविरमा बस्नुभएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);