स्रोत नखुलेको लाखौं रकमसहित पक्राउ | ईमाउण्टेन समाचार

Our Network

फागुन २३ २०८२, आइतबार

स्रोत नखुलेको लाखौं रकमसहित पक्राउ

nepali money

पर्सा,१९ वैशाख । स्रोत नखुलेको भारतीय रुपैयाँसहित एकजना पक्राउ परेका छन् । वीरगंज महागरपालिका–१६ रजतजयन्ती चोकबाट स्रोत नखुलेको ३ लाख ७५ हजार ८ सय भारतीय रूपैयाँसहित भारत घर भएका ३९ वर्षीय अमित कुमार सिंहलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीले भारतको रक्सौलतर्फ पदैल जाँदैं गरेका उनलाई जाँच गर्ने क्रममा २ हजार दरका २१ थान, ५ सय दरका ६ सय ४४ थान, २ सय दरका ३३ थान र १ सय दरका ४५ थान र ५० थानका १४ थाननोटसहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply