काठमाडाैं, २१ पुस । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री देउवा शितल निवास पुगेका छन्।
भेटमा प्रधानमन्त्री देउवाले राष्ट्रिसभा निर्वाचनको मिति घोषणाको तयारीबारे राष्ट्रपति भण्डारीलाई जानकारी गराएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए । साथै उनले प्रदेश प्रमुख नियुक्तिबारे सरकारले गरिरहेको तयारीबारे पनि जानकारी गराए ।
राष्ट्रपति भण्डारीले पनि राष्ट्रिय सभा निर्वाचनको मिति घोषणाको तयारी गरेकोप्रति खुसी व्यक्त गरेकी छन् । यसैबीच सरकारले आजै राष्ट्रिय सभा निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेको छ । त्यसका लागि केहीबेरपछि मन्त्रिपरिषद् बैठक बस्ने छ ।