काठमाडौं, १९ वैशाख । हिन्दू धर्ममा प्रदोष व्रतको विशेष महत्व छ । धार्मिक मान्यता अनुसार यस विशेष दिनमा भगवान शिवको आराधना गर्नाले जीवनका सबै दुःख र समस्या हट्छ भन्ने जनविश्वास रहेको छ ।
पञ्चांगका अनुसार वैशाख शुक्ल पक्षको त्रयोदशी तिथिमा बुद्ध प्रदोष व्रत मनाइन्छ । यस दिन भगवान शिवको पूजा गर्नाले जीवनमा सुख र समृद्धि प्राप्त हुन्छ ।
हिन्दू पात्रो अनुसार यो व्रत भोलि ०३ मे २०२३ बुधबारमा मनाइदैछ । शास्त्रमा भनिएको छ भगवान शिव आफ्ना भक्तहरूमाथि छिट्टै प्रसन्न हुन्छन्। त्यसैले प्रदोष व्रतको दिन केही विशेष मन्त्रको जप गर्नाले साधकले सुख, समृद्धि र ऐश्वर्य प्राप्त गर्नुका साथै जीवनमा आउने समस्याहरू हट्छन् । भगवान शिवलाई समर्पित केही चमत्कारी मन्त्रहरू पढौं।
प्रदोष व्रतको दिन यी मन्त्रहरू जप गर्नुहोस्
प्रदोष व्रतको दिन कम्तीमा १०८ पटक ‘ओम नमः शिवाय’ जप गर्नुहोस्। यसो गर्नाले मन र मस्तिष्क शान्त रहन्छ र भगवान शिवको कृपा भक्तहरूमा सदैव रहन्छ। यससँगै साधकलाई धन, ऐश्वर्य र समृद्धि प्राप्त हुन्छ।
प्रदोष कालमा भगवान शिवलाई अभिषेक गर्दा महामृत्युञ्जय मन्त्र ’ओम् त्र्यम्बकम यजमाहे सुगंधि पुष्टिवर्धनम्। उर्वरुकमिव बन्धनन् मृत्युोर्मक्षिय ममृतत्।’ निरन्तर जप गर्नुहोस्। यो मन्त्रको जप गर्नाले अकाल मृत्युको भय हट्ने जनविश्वास छ ।
प्रदोष व्रतको दिन भगवान शिवको गायत्री मन्त्र ‘ओम तत्पुरुषाय विद्महे महादेवाय धिमही! तन्नो रुद्रः प्रचोदयात।’ जप धेरै प्रभावकारी मानिन्छ। यो मन्त्रको जप गर्दा सुख–समृद्धि मिल्ने र जीवनमा आउने बाधाहरू हट्ने जनविश्वास छ ।