विदेशबाट फर्केर गाउँमै गार्मेन्ट उद्योग सञ्चालन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

विदेशबाट फर्केर गाउँमै गार्मेन्ट उद्योग सञ्चालन

कञ्चनपुर, २१ पुष । वैदेशिक रोजगारीबाट फर्किएका कञ्चनपुरका तीन युवाले गाउँमै गार्मेन्ट उद्योग सञ्चालन गरेका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिका–४, गोबरैयाका नरेन्द्र चन्द, डम्मरदत्त भट्ट र प्रेमदत्त भट्टले महेन्द्रनगरमा गार्मेन्ट उद्योग खोलेका हुन् ।

नरेन्द्र कतार, प्रेमदत्त मलेसिया र डम्मरदत्त भारतमा रोजगारी गरी फर्किएका हुन् । एक दशक कतारमा रोजगारी गरी फर्केका नरेन्द्रले विदेशमा सिकेको सीपको सदुपयोग गर्न गार्मेन्ट उद्योग खोलेको बताए ।

उद्योगमा तीनै जनाले करिब ५० लाख लगानी गरेका छन् भने १२ युवाले रोजगारी पाएका छन् । उद्योगमा उत्पादित कपडा अहिले स्थानीय बजारमा खपत भइरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);