तातोपानी नाका बल्ल खुल्यो | ईमाउण्टेन समाचार

Our Network

माघ ३० २०८२, शुक्रबार

तातोपानी नाका बल्ल खुल्यो

काठमाडौं, १८ वैशाख । तातोपानी नाकाबाट आठ वर्षपछि चीनतर्फ निर्यात खुलेको छ । आज सोमवार हस्तकला र मुढाले भरिएको तीनवटा कन्टेनर मितेरी पुल हुँदै चीनतर्फ निर्यात भएको हो ।

२०१५ को महाभूकम्पपछि क्षति पुगेकाले तातोपानी नाका बन्द थियो । पछि चीनले आफ्नो तर्फबाट मात्र सामान नेपाल पठाउने गरेको थियो ।

नेपालको पटक पटकको आग्रह र द्विपक्षीय वार्ता पछि नाका दुईतर्फी खोल्न तयार भएको हो । तर, नेपालले एक सय ८२ प्रकारका सामाग्री मात्र निर्यात गर्न पाउने तातोपानी भन्सारका प्रमुख दयानिधि केसीले बताए । ती सामाग्रीहरुमा चाउचाउ, जडिबुटी, हस्तकला, वनस्पती लगायत छन् ।

तातोपानी नाका स्थित मितेरी पुलको नेपालतर्फ सुरक्षा अधिकारी, भन्सार अधिकारीहरुको उपस्थिति थियो । चीनतर्फका अधिकारीहरु पनि खासातर्फ उपस्थित थिए ।

निर्यात खुलेपनि नेपालीहरु विना भीसा चीनको भूभागमा जान पाउने छैनन् । भूकम्पअघि नेपालीहरु चीनतर्फको खासा बजारसम्म परिचयपत्र देखाएर जान पाउँथे ।

गत महिना सुरक्षा अधिकारीहरुको वार्तापछि ६ बुँदे सहमतिसँगै नेपाल र चीनबीचको तातोपानी नाका दुई तर्फी खुलाउने सहमति बनेको थियो । योसँगै नेपाल र चीनबीच दुईतर्फी आयातनिर्यातका लागि दुईवटा नाका खुलेका छन् । चैत्र महिनामा रसुवागढी नाका दुईतर्फी खुलिसकेको छ ।

Leave a Reply