काठमाडौं, १७ वैशाख । भारतमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेल आज अस्पतालबाट डिस्चार्ज हुँदैछन् । राष्ट्रपति पौडेल छातीमा समस्या आएपछि उपचारका लागि नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान अस्पताल भर्ना भएका थिए ।
पौडेलको उपचारमा सम्लग्न चिकित्सकहरुले स्वास्थ्यमा राम्रो सुधार भएकोले डिस्चार्ज गर्न लागेको बुझिएको छ ।
पौडेलको छातीमा पानी जमेर संक्रमण देखिएपछि चिकित्सकहरुको सल्लाहमा उनलाई थप उपचारका लागि श्री एयरलाइन्सको एअर एम्बुलेन्सबाट १० दिन अघि भारत लगिएको थियो ।