छोटे राजाहरु खोकी लाग्दैमा विदेश जान थालेः डा.प्रकाशचन्द्र लोहनी | ईमाउण्टेन समाचार

Our Network

भदौ २९ २०८१, शनिबार

छोटे राजाहरु खोकी लाग्दैमा विदेश जान थालेः डा.प्रकाशचन्द्र लोहनी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले देशको नेतृत्वमा धनवादीहरुको प्रवेश भएको बताउनुभएको छ ।

शनिवार माईतीघर मण्डलामा महावीर पुनको आन्दोलनलाई समर्थन गर्न पार्टीको तर्फबाट धर्नास्थल पुग्नुभएका पूर्वअध्यक्ष लोहनीले नेताहरु सत्ताको लुछाचुँडीमा मात्रै केन्द्रित हुने गरेको बताउनुभएको हो ।

उहाँले नेपालमा नै उपचार हुनसक्ने कुरामा करोडौँ खर्च गरेर विदेश पठाइएकोप्रति पनि असन्तुष्टि जनाउनु भयो । उहाँले वर्तमान नेताहरुलाई छोटे राजाको संज्ञा दिँदै सरकार र नेतृत्वले मनोमानी गरिहरहेको आरोप लगाउनु भयो । उहाँले नेताहरुलाई करोडौँ रुपैयाँ दिएर विदेशमा उपचार गराउन पठाउने तर र आविष्कारको क्षेत्रमा लगानी नगरेर वैज्ञानिक समाजवाद कसरी आउँछ ? भन्दै प्रश्न गर्नुभयो । उहाँँले वर्तमान राज्यसत्ता थोरै मानिसको हीतको लागि मात्रै केन्द्रित भएको बताउनु भयो ।

उहाँले सरकारले नेपालको विकासमा लागेका व्यक्तिलाई निरुत्साहीत गरिरहेको आरोप लगाउनु भयो । पूर्वअध्यक्ष लोहनीले अयोग्य लडाकुलाई अर्बौं रुपैयाँ छुट्याउनसक्ने सरकारले आविष्कार प्रवद्र्धनका लागि बजेट छुट्याउन सक्दिन भन्नु नाटक भएको बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);