माओवादीले लगेको ९५ करोड खोइ ? | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८१, बुधवार

माओवादीले लगेको ९५ करोड खोइ ?

काठमाडौं, १५ वैशाख । तत्कालीन नेकपा माओवादीका अयोग्य लडाकुका नाममा लगिएको रकमको बारेमा प्रश्न उठेको छ । आज प्रतिनिधि सभामा अयोग्य लडाकुमध्ये २ हजार ४५१ को खोजी गर्दा नभेटिएको र माओवादीले लगेको ९५ करोडमाथि प्रश्न उठेको छ ।

नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले आकस्मिक समयमा बोल्दै भने, अनमिलने प्रमाणिकरण गरेका लडाकुहरु पछि पुनः प्रमाणिकरण हुँदा २ हजार ४५१ जना को व्यक्ति थिए भन्ने यकिन गर्न सकिएन । तिनका नाममा तत्कालीन नेकपा माओवादीले ९५ करोड रुपैयाँ पैसा बुझेर गयो रु त्यो पैसा कहाँ गयो ?

महालेखाले यसबारे प्रतिवेदनमा नै उल्लेख गरेको गिरीले बताए । देशमा आर्थिक संकट आइरहँदा पूर्व लडाकुका नाममा फेरि १ अर्ब ४० करोड छुट्याइएकोमा आपत्ती जनाए ।

प्रचण्ड सरकारले अयोग्य पूर्व लडाकुलाई प्रति व्यक्ति २ लाख दिने निर्णय गरेर कार्यविधि बनाउन लगाइरहेको छ । यसको विपक्षी मात्र नभई सत्तापक्षका नेताले समेत विरोध गरिरहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);