बालुवा निकासी गर्दा प्राचीन तिलौराकोट दरबार क्षेत्र संकटमा | ईमाउण्टेन समाचार

Our Network

पुष ७ २०८१, आइतबार

बालुवा निकासी गर्दा प्राचीन तिलौराकोट दरबार क्षेत्र संकटमा

Lumbini

कपिलवस्तु,२१ पुष । वाणगंगा नदीस्थित रामघाटबाट अवैध ढंगले बालुवा निकासी गर्दा प्राचीन तिलौराकोट दरबार क्षेत्र संकटमा परेको छ । प्राचीन तिलौराकोट दरबार क्षेत्रनजिकको रामघाटबाट जथाभावी नदीजन्य पदार्थ निकासी गर्दा बुद्धस्थल नै संकटमा परेको स्थानीयले बताएका छन् ।

रामघाट नदीको पुल नजिकबाट दैनिक ४ सय ५० देखि ५ सय ट्रयाक्टर बालुवा निकासी भइरहेको स्थानीयको भनाइ छ । जथाभावी बालुवा बोक्ने ट्रक तथा ट्रयाक्टरका कारण धुलोधुवा बढ्नुका साथै सडकसमेत भत्किएको छ । रामघाटदेखि तीन सय मिटरको दूरीमा राजा शुद्धोदनको दरबार क्षेत्र तथा गौतम बुद्धले २९ वर्षको युवा अवस्था बिताएको स्थल पर्छ । दरबार क्षेत्रदेखि तीन सय मिटर उत्तर बाणगंगा नदीको किनारमा दुईवटा स्तुप छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);