गण्डकीका मुख्यमन्त्री पाण्डेले आज शपथ लिंदै | ईमाउण्टेन समाचार

Our Network

माघ २० २०८१, आइतबार

गण्डकीका मुख्यमन्त्री पाण्डेले आज शपथ लिंदै

काठमाडौं, १५ वैशाख । बिहीबार नियुक्त भएका गण्डकी प्रदेशको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज शपथ लिदैंछन् । कांग्रेस संसदीय दलका नेता समेत रहेका पाण्डेलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले दिउँसो १२ बजे शपथ खुवाउने कार्यक्रम रहेको छ ।

प्रदेश प्रमुख गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम पाण्डेलाई प्रदेशको पाँचौं मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । कांग्रेस, माओवादी र एकीकृत समाजवादीका प्रदेशसभा सदस्यहरुको हस्ताक्षरसहित पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न बिहीबार दाबी पेश गरिएको थियो । कांग्रेसका २७, माओवादीका ७ र मनाङबाट स्वतन्त्र सर्वसम्मत चुनाव जितेर एकीकृत समाजवादी प्रवेश गरेका भनिएका राजीव गुरुङको हस्ताक्षरसहित पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न दाबी गरिएको थियो ।

केन्द्रमा सत्ता समीकरण फेरिएसँगै नेकपा माओवादीका भौतिक पूर्वाधार मन्त्री हरिबहादुर चुमान र पर्यटन मन्त्री रेशम जुग्जालीले राजीनामा दिँदै चैत १० गते समर्थन फिर्तालिएपछि एमालेका खगराज अधिकारी नेतृत्वको सरकार अल्पमतमा परेको थियो । खगराजले वैशाख ९ गते विश्वासको मत गुमाएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);